अध्यक्षको भनाई

वि.स.२०५८ साल श्रावण ३० मा वीरेन्द्रनगरका वडा नः०६ मा मुख्य कार्यालय रहने गरी यस सुर्खेत बहृउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । यस संस्थाको संस्थापक अध्ययक्ष बरिष्ठ अधिवक्ता श्री ध्रुवकुमार श्रेष्ठज्यू हुनुहुन्छ भने संस्थाको संस्थापक सचिव श्री गणेश कुमार बस्नेतज्यू हुनुहुन्छ । शहरका रुपमा विकसित हुदै गरेको वीरेन्द्रनगर नगरपालिकामा व्यवसाय गर्दे व्यक्तिहरुको उल्लेखनीय बसाई रहेको छ ।

यस संस्थामा शेयर सदस्यका रुपमा विभिन्न पेशा गर्ने व्यक्तिहरु आवद्ध भएता पनि व्यापार, व्यसाय गर्ने सदस्यहरुको संख्या उल्लेखनीय छ । आवद्ध शेयर सदस्यहरुलाई व्यापार व्यवसाय संचालन र आय कार्यहरु गर्न पूजीको मगलाई सम्बोधन नर्गे गरी र घरदैलो सेवा प्रदान गर्ने गरी यस संस्थाको जन्म भएता पनि सहकारी मूल्य, मान्यता र सिद्धान्तहरुलाई अक्षरश पालना गरी यस संस्थाको सञ्चालन भएको छ । शुरुमा वीरेन्द्रनगर नगरपालिका केही वडाहरु मात्र कार्यक्षेत्रको रुपमा रहेको यस संस्थाको वि.स. २०६८ सालदेखि कार्यक्षेत्र सुर्खेत जिल्ला भरी कायम गरियो र सदस्यहरुलाई सेवा विस्तार गर्ने उद्धेश्य सहित तत्कालीन समयमा अभिभावक एवं विधार्थीहरुको माग बमोजिम वि.स. २०५९ मा सुर्खेत होराईजन एकेडेमीको स्थापना गरी सञ्चालनमा ल्यायो ।

कानुनी जटिलताका कारण विधालयमा गरिएको लगानी फिर्ता लिनुपर्ने अवस्थाको सिर्जना भयो । तत्पश्चात शेयर सदस्यहरुको आवश्यकता र माग बमोजिम बहुउद्देश्यीय प्रकृतिको कार्य गर्नको लागि आवश्यक सर्वेक्षण एवम् अध्ययन भैरहेको छ । वर्तमान समयमा सहकारी क्षेत्रमा सिर्जना भएको बिषय परिस्थितिलाई मध्यनजर गरी शेयर सस्यहरुको लगानीलाई सुरक्षित राख्नका लागि सञ्चालक समिति एवंम् व्यवस्थापन समूह प्रतिवद्धता रहेको छ र स्वभाविक एवम् सहज तवरले सदस्यहरुको अभिकतम विश्वास कायम राख्दै प्रभावकारी व्यवस्थापन गर्न सक्षम भएको छ ।

शेयर सदस्यहरुलाई प्रभावकारी अनलाईन सेवा प्रवाह संगै जनशक्ति व्यवस्थापन शेयर सदस्यहरुको क्षमता अभिबृद्धिहरु, आवश्यक विनियम पुर्न लेखन एवम् कार्यविधिहरु निर्माण सञ्चालक समिति एवंम् उपसमितिहरुको सर्तकता, लेखा समितिको प्रभावकारी भूमिका निर्वाह, सल्लाहकारहरुको उचित मार्ग निर्देशन र शेयर सदस्यहरुको शुभेच्छा र सक्रियताले संस्थाको जग अत्यन्त बलियो भएको छ ।

प्रभावकारी सूचना संप्रेषण र सेवा प्रवाहका लागि यस वेभसाईटको निर्माण गरिएको छ । सम्पूर्ण शेयर सदस्यहरु एवंम् सरोकारवालाहरुलाई वेभसाईटको अधिकृतम प्रयोग गर्नुहुन एवंम् संस्थाको सर्वाङ्गी विकासका लागि आवश्यक सल्लाह सुझाव प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।