यस संस्थाको केन्द्रीय कार्यालयलगायत, सदस्य सेवा केन्द्र मेहेलकुना कार्यालयहरूलाई आर्थिक वर्ष २०८२/०८३ मा आवश्यक पर्ने देहायका वस्तु तथा सेवाहरू उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित वस्तु तथा सेवाको कारोबार गर्ने फर्म/कम्पनीहरूको सूची तयार गराउनु पर्ने भएकोले इजाजतप्राप्त इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूलाई आफूले उपलब्ध गराउने वस्तु तथा सेवाहरूको विवरण, फर्म/कम्पनी दर्ता प्रमाणपत्र, स्थायी लेखा न.(PAN) दर्ता प्रमाणपत्र तथा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, फर्म/कम्पनीको प्रोफाइलका प्रतिलिपिसहितको आवेदन खामबन्दी गरी खामको बाहिर पट्टी आपूर्ति गर्न प्रस्ताव गरेको वस्तु एवम् प्रदान गर्ने सेवाहरूको बारेमा प्रष्ट खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस संस्थाको केन्द्रीय कार्यालयको कार्यालय वा सेवा केन्द्र कार्यालयमा दर्ता गराउन आह्वान गरिन्छ ।
सूचीकृत फर्म/कम्पनीमार्फत प्राप्त गरिने वस्तु तथा सेवाको विवरणः
क. छपाई तथा मसलन्द
ख. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्ससम्बन्धी सामानहरू
ग. निर्माणसम्बन्धी सामानहरू
घ. फर्निचर तथा फिक्चर्ससम्बन्धी कार्यहरू
ङ. अन्य सेवासम्बन्धी कार्यहरू
च. स्टेशनरी तथा सामान आपूर्ति
छ. सवारी साधन भाडामा, सामग्री ढुवानी सेवा,
ज. कम्प्यूटर, प्रिन्ट र फोटोकपि मर्मत
भ. फ्लेक्स प्रिन्ट होडिङ बोर्ड, सूचनापाटी लेखाइ, तयारी तथा छपाइ
ञ. होटेल सेवा
८. लेखा परीक्षण सेवा
ठ. परामर्श सेवा
ड. पत्रपत्रिका तथा रेडियोमा विज्ञापन तथा कार्यक्रम
८. भाडाकुडा तथा प्लाष्टिक सामग्री, हार्डवेयर
ण. खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी सामग्रीहरू ।
सम्पर्कका लागि:
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि.
वीरेन्द्रनगर – ६, सुर्खेत / फोन नं.: ०८३-५२२३५४/ E-mail: smcl522354@gmail.com

smcl । ३ श्रावण २०८२, शुक्रबार १०:३८