सदस्यहरूको आर्थिक र सामाजिक हितलाई ध्यानमा राखी देहायमा उल्लेख भए बमोजिम कामकारबाही गर्नु संस्थाको उद्देश्य हुनेछ ।
(क) सदस्यहरूको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन नियम एवम् अन्य प्रचलित कानून र यस विनियममा व्यवस्था भएअनुरुप दैनिक कार्य सञ्चालनका साथै चलअचल सम्पत्ति आजर्न गनर्,े क्रयविक्रय गनर्,े विनियम गनर्,े हस्तान्तरण गनर्,े धराटै ी राख्न े आदि कार्य गर्न े ।
(ख) संस्थामा संलग्न सदस्यहरू र जनसमुदायबीच स्वावलम्बन, पारस्परिक सहयोग एवम् मितव्ययिताको भावनाको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्र्धन गर्ने ।
(ग) नियमित रुपमा सदस्यबाट बचत प्राप्त गर्नका साथै उनीहरूले गरेका बचतमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने ।
(घ) उत्पादनशील, आयमूलक उद्देश्यका लागि सदस्यलाई उचित दरमा ऋण प्रवाह गर्ने ।
(ङ) सदस्यहरूका े आय–आजर्न क्षमतामा वृि द्ध गनर्क ा लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउन े ।
(च) आत्मनिर्भरता र आत्मविश्वास सम्बन्धी धारणा बारे सदस्यहरूलाई उत्प्रेरित गर्ने ।
(छ) साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रबद्र्धनमा समर्पित तथा अन्तर्राष्ट्रिय संगठनहरूको दा“जोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
(ज) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्ष्ँेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूस“ग सहयोगात्मक भावना राख्ने ।
(झ) संस्थामा संलग्न सदस्यहरू र स्थानीय जनसमुदायबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावनाको अभिवृद्धि गर्ने क्रममा सस्तो र सुलभ रुपमा सुपथ मूल्य पसल (डिपार्टमेन्ट स्टोर) खोल्ने साथै सामाजिक सेवामा पनि समावेश हुने ।
(ञ) सदस्यहरू तथा संस्थागत विकासका लागि आय–आर्जन परियोजना सञ्चालन गर्ने ।
(ट) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
कार्यः
(क) बचत सङ्कलन, ऋण परिचालन तथा अन्य आर्थिक गतिविधि सम्बन्धी कार्य गर्ने ।
(ख) कृषि सम्बन्धी कार्य गर्ने ।
(ग) सामाजिक, सा“स्कृतिक विकास तथा वातावरण संरक्षण सम्बन्धी कार्य गर्ने ।
(घ) स्वास्थ्यस“ग सम्बन्धित कार्य गर्ने ।
(ङ) जडिबुटीस“ग सम्बन्धित कार्य गर्ने ।
(च) दुग्धजन्य कार्य गर्ने ।
(छ) शिक्षा सम्बन्धी कार्य गर्ने ।
(ज) उपभोग्य वस्तुको कारोबार सम्बन्धी कार्य गर्ने ।
(झ) विद्युत सम्बन्धी कार्य गर्ने ।
