आदरणीय संरक्षकज्यू, सल्लाहकारज्यू, समितिका पदाधिकारीज्यू, शिक्षा समिति, लेखा समितिका संयोजक एवं सदस्यज्यू, अन्य उपसमितिका संयोजक एवं सदस्यज्यू, कर्मचारीज्यू, तथा सम्पूर्ण शेयर सदस्यज्यूहरूमा हार्दिक मंगलकामना व्यक्त गर्दछु।
२०५८ साल श्रावण ३० गते स्थापना भएको हाम्रो सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि. आज २५औं वर्षमा प्रवेश गर्दैछ। यो यात्रामा संस्थालाई आफ्नो समय, श्रम, विचार र सहयोग प्रदान गर्ने सबैजना प्रति हार्दिक आभार व्यक्त गर्दछु।
हामी सबैको एकता, पारदर्शिता र सहकार्यकै बलमा संस्था अझ सबल, सक्षम र सेवामुखी बन्दै गएको छ। आगामी दिनहरूमा पनि संस्थाको सेवा, सुशासन र सदस्य हितका कार्यक्रमहरूमा निरन्तर साथ, सुझाव र सहभागिता रहने आशा गर्दछु।
सफलता र प्रगतिका शुभकामना सहित—
मिलन श्रेष्ठ
सचिव
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड,वीरेन्द्रनगर सुर्खेत

suresh । ३१ श्रावण २०८२, शुक्रबार ११:४८