ठूला साहुले गरिबलाई हेप्थे जतिबेला
यो सहकारी खोलिएको रहेछ त्यतिबेला।
सुख-दुःख जो हो गरी कमाएको धन
त्यही धन राख्न सहकारी खोल्ने ठूलो मन।
मन ठूलो गराएर छलफल गरिएछ
सबको मन एक गराई सहकारी खोलिएछ।
कोटी-कोटी नमन गर्छु हाम्रा संस्थापकलाई
त्यहीमा होस्टे हैंसे गरी पछि जोडिनेलाई।
सानो-सानो रकम बचाइ बनाऔँ सहकारी
एकै पटक खोज्ने होइन धनको भकारी।
यस्तै महान सोच राखी खोलिएको रहेछ
सहकारी खोलेको नि २५ वर्ष पो भएछ।
सानातिना छैनन् यसका सङ्घर्षका कथा
जसले भोग्छ उसलाई मात्र थाहा हुन्छ व्यथा।
त्यसैले त महिला पुरुष सबै समेटियौँ
उस्तै कथा-व्यथा बोक्ने मन यहीँ भेटियौँ।
सुख-दुःख गरी २५ वर्ष नाघिएछ साथी
हामी सबै मिली लैजाऔँ यसलाई अझै माथि।
शताब्दियौँ पछि पनि इतिहासलाई हेर्दा
सुर्खेत बहुउद्देश्यीय काम लाग्नेछ समयले कोल्टो फेर्दा।
सदस्य र सहकारी प्रगतिमा लम्किरहुन्
अनन्तकालसम्म पनि हिरा जस्तै चम्किउन्।
सबै मिली खुसी बाँडौँ असल राखी भावना
कोटी वर्ष जीवित रहोस् यही छ शुभकामना।
