वीरेन्द्रनगर–६, सुर्खेत
रजत जयन्ती · २०५८–२०८३०८३५२२३५४

कविता

संस्कारी पनमा, जिम्मेवारी बोध भयो
साझा सपना झल्कियो, सहकारी झल्कियो।१।

एकता झल्कियो, अपनत्व नजिक भयो
एकाङ्गिपन हट्यो, साझेदारी झल्कियो।२।

मनभित्रको मन पलायो, अनि मान्छे बन्यो
सहकारीताको भावले समाज झल्कियो।३।

सहकारी बनाउनेहरू, बिस्तारै देखिँदै आए
कल्याण झल्कियो, परिवर्तनकारी झल्कियो।४।

हकको कुरा धेरै भयो, कर्तव्य बोध भयो,
सहकारीमा जवाफदेहिता, जिम्मेवारी झल्कियो।५।

व्यवहारमा निस्वार्थ, बोलीमा विश्वास पलायो
मान्छे निस्वार्थी बन्यो, इमानदारीता झल्कियो।६।